सांसदहरुलाई जनताको अपेक्षा पूरा गर्न कठिन भएको छ : दीपक गिरी
आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद गिरीले सांसदहरुलाई जनताले विभिन्न गुनासो गर्ने गरेको भन्दै जनताको गुनासो र अपेक्षा पुरा गर्न कठिन भएको बताएका हुन्।
काठमाडाैं, जेठ २८ : नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरुलाई जनताको अपेक्षा पूरा गर्न कठिन भएको गुनासो गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद गिरीले सांसदहरुलाई जनताले विभिन्न गुनासो गर्ने गरेको भन्दै जनताको गुनासो र अपेक्षा पुरा गर्न कठिन भएको बताएका हुन्।
उनले सांसदहरुको हैसियतलाई वडाध्यक्षको स्तरमा पुराउने काठमाडौंका मेयर बालेन्द्र शाहको अभिव्यक्ति व्यावहारिक रुपमा सही रहेको जिकिर गरे।
उनले बजेटमा आयोजनाको वितरणमा जनताको गुनासो देखिएको र पहुँचका भरमा आफ्नो क्षेत्रमा धेरै बजेट लाने प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए। गिरीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत मात्रै सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट गएको धारणा राखे।
उहाले सरकारले हरेक बर्ष अपरान्ह चार बजे मात्रै बजेट भाषण गर्ने प्रचलनलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।