बजेटबाट माग सम्बोधन नभएको भन्दै शिक्षक-कर्मचारीद्वारा प्रदर्शन
आइतबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरदेखि थाल थटाएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।
काठमाडाैं, जेठ २८ : आगामी आर्थिक वर्षको बजेटबाट आफुहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षक लगाएत कर्मचारीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
आइतबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरदेखि थाल थटाएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलबमान कायम गर्नुपर्ने आफूहरुको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ।
प्रदर्शनमा सहभागीहरुले संघीय शिक्षा ऐन तत्काल जारी गर, मानवअधिकार रक्षा गर, निशुल्क शिक्षा लागू गर, सहमति सम्झौता कार्यान्वय गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले विद्यालयमा काम गर्ने कर्मचारीहरु खान समस्या भएको अवस्थामा सरकारले आफुहरुको कुनै माग सम्बोधन गर्न नसकेको गुनासो गरे। सरकारले खाली थालमा खाना राख्ने वातावरण बनाउनुपर्ने उनले बताए।
आफुहरुको मागका बिषयमा सरकारसंग औपचारिक रुपमा कुनै कुराकानी नभएको र अनौपचारिक कुराकानीमा भने आफुहरुलाई घर जाने वातावरण बनाउन सुझाव दिएको तिवारीले बताए।











