छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची छ। अर्थमन्त्री डा. महतले आजै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० संसदमा प्रस्तुत गर्नुहुने कार्यसूची छ।
काठमाडाैं, जेठ २८ : आजको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची छ। अर्थमन्त्री डा. महतले आजै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० संसदमा प्रस्तुत गर्नुहुने कार्यसूची छ।
त्यस्तै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने समेत आजको कार्यसूचीमा राखिएको छ।
प्रकाशित मिति: १२:१४ बजे, आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार