प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने
संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०,०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ ।
काठमाडौं, जेठ २८ : संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्नेछ ।
संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०,०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ ।
आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आ.व २०८०, ०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् ।
विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तवमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।
त्यसपछि अर्थमन्त्री महतले विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: ०७:४३ बजे, आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


