Kathmandu Press

चीन जाँदै राष्ट्रियसभा अध्यक्ष

अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन जाने छन्।
चीन जाँदै राष्ट्रियसभा अध्यक्ष
फाइल तस्बिर।

काठमाडौं, जेठ २७ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि शनिबार राति चीन प्रस्थान गर्दै छन्।

अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन जाने छन्।

उनी प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदैछन्। उनको नेतृत्वमा प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवलशम्शेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी प्रतिनिधिमण्डलमा सहभागी छन्। यस्तै उनका प्रमुख स्वकीयसचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन्।

कार्यक्रममा सहभागी हुनुअघि प्रतिनिधिमण्डलले बेइजिङ र सांघाई भ्रमण गर्ने कार्यक्रम छ। बेइजिङमा अध्यक्ष तिमिल्सिनाले जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी र चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

प्रतिनिधिमण्डल औपचारिक भ्रमण सम्पन्न गरी असार ६ गते नेपाल फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: २१:५१ बजे, शनिबार, जेठ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्