‘एमालेसँग मात्रै स्थिर सरकार र लिडरसिपको भिजन छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएर आफ्नो सत्ताको आयु लम्ब्याउन सफल भएको बस्नेतले आरोप लगाए।
काठमाडौं, जेठ २७ : नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले देश विकास र समृद्धीको भिजन र दृष्टिकोण एमालेसँग मात्रै भएको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित साक्षातकार कार्यक्रममा उनले एमालेसँग मात्रै स्थिर सरकार र लिडरसिपको भिजन रहेको बताए। एमाले अध्यक्ष केपी ओलीको ४० महिने सरकारले उनलाई विकासको स्तम्भको रूपमा स्थापित गरेको उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएर आफ्नो सत्ताको आयु लम्ब्याउन सफल भएको बस्नेतले आरोप लगाए।
सोही कार्यक्रममा कांग्रेस नेता रामहरि खतिवडाले तत्काल सत्ता गठबन्धन नटुट्ने बताए। उनले देश बनाउने अभियानमा सबै दलहरु एकमत भएर अघि बढ्नुपर्ने बताए । नेता खतिवडाले मुलुक भ्रष्टाचारबाट व्याप्त भएको भन्दै यसको लागि सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको दाबी गरे । साथै उनले नागरिकता विद्येयक प्रमाणीकरण भएकोमा कसैले पनि विरोध गर्नुको अर्थ नभएको जिकिर गरे।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


