प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथमा
प्रधानमन्त्री पशुपतिनाथमा जानुको कारण भने खुलेको छैन। स्रोतका अनुसार प्रधानमन्त्रीको पशुपति भ्रमणबारे पूर्वनिर्धारित कार्यक्रम थिएन।
काठमाडौं, जेठ २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केही बेरअघि पशुपतिनाथ पुगेका छन्।
प्रधानमन्त्री पशुपतिनाथमा जानुको कारण भने खुलेको छैन। स्रोतका अनुसार प्रधानमन्त्रीको पशुपति भ्रमणबारे पूर्वनिर्धारित कार्यक्रम थिएन।
प्रधानमन्त्री अकस्मात पशुपति पुगेपछि जिज्ञासाको बिषय बनेको छ। प्रधानमन्त्री प्रचण्ड आजै नुवाकोट पुगेर फर्किएका थिए।
पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा सहभागी भएर फकिएपछि प्रधानमन्त्री टुँडिखेलमा आयोजित अर्केष्ट्रा–११४३ प्रस्तुती समारोहको उद्घाटन गरेका थिए। त्यसपछि पशुपतिनाथ पुगेका हुन्।
प्रकाशित मिति: १८:४३ बजे, शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


