Kathmandu Press

जनकपुरधाममा मैथिली भाषा, साहित्य र कलाबारे ‘विमर्श’ सुरु

आज जनकपुरधाममा आयोजित एक समारोहबीच मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले कार्यक्रमको शुभारम्भ गरे।
जनकपुरधाममा मैथिली भाषा, साहित्य र कलाबारे ‘विमर्श’ सुरु

जनकपुरधाम, जेठ २७ : मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम सुरु भएको छ । आज जनकपुरधाममा आयोजित एक समारोहबीच मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले कार्यक्रमको शुभारम्भ गरे।

त्यस अवसरमा प्रदेश प्रमुख मिश्रले कार्यक्रमले मैथिली भाषा, साहित्यको प्रचार–प्रसार गर्न उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गरे। नेपालमा दोस्रो र नेपाल–भारतमा करोडौँ नागरिकले बोल्ने मैथिली भाषाको माध्यमद्वारा जनकपुर, यस क्षेत्रको वैद्धिक परम्परा, कला, सभ्यता र संस्कृतिको उन्नयनमा योगदान पुग्ने भन्दै प्रदेश प्रमुख मिश्रले आयोजक विमर्श फाउण्डेशनलाई विशेष धन्यवाद दिए।

Hardik ivf

भोलिसम्म चल्ने कार्यक्रममा जनकपुरको समृद्ध इतिहास र वर्तमान, मैथिली साहित्यको समकालीन परिदृश्य, उद्योग, जलाधार संरक्षण, राजनीति, कवि सम्मेलन, साहित्यिक तथा सांस्कृतिक सन्ध्यालगायत विभिन्न शीर्षकमाथि यस क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले विचार–विमर्श गर्ने कार्ययोजना रहेको आयोजक विमर्श फाउण्डेशनका अध्यक्ष बिभा झाले जानकारी दिए।

कार्यक्रमको पूर्वसन्ध्यामा जनकपुरधामको दशरथ तलाउ परिसरमा हिजो शुक्रबार कवि सम्मेलन र सांस्कृतिक सन्ध्यासमेत आयोजना गरिएको थियो।

प्रकाशित मिति: १७:४२ बजे, शनिबार, जेठ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्