गुटउपगुट बढ्दै गए कांग्रेस समाप्त हुन्छ : शेखर काेइराला
तीनवटै अदालतले गरेको निर्णयका विरुद्ध राष्ट्रपतिले रेशम चौधरीलाई माफी दिने कुराहरु भोलीका दिनमा गम्भीर हुने भन्दै सरकार टिकाउन गरिएको निर्णयले लोकतन्त्र नै कमजोर हुने बताए।
काठमाडौं, जेठ २७ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी भित्रको गुटउपगुट बढ्दै गए कांग्रेस समाप्त हुने भन्दै गुट–उपगुट अन्त्य गर्नुपर्ने बताएका छन्।
शनिबार भक्तपुरमा कांग्रेस भक्तपुरको जिल्ला सम्मेदन उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन्। पार्टीलाई बलियो बनाउन जनतासँग जोड्ने प्रयास गर्नुपर्नेमा उनले जोड दिए। उनले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गरी प्रशासन कार्यालयमा इकाइ खडा गर्ने कामले आयोगको कामले लोकतन्त्र मजबुद हुन नसक्ने बताए।
तीनवटै अदालतले गरेको निर्णयका विरुद्ध राष्ट्रपतिले रेशम चौधरीलाई माफी दिने कुराहरु भोलीका दिनमा गम्भीर हुने भन्दै सरकार टिकाउन गरिएको निर्णयले लोकतन्त्र नै कमजोर हुने बताए।
‘उत्तरदायित्व पारदर्शिता सुशासन र जवाफदेहिता यी कुराहरु कुनै पनि लोकतन्त्रलाई सुदृढ गर्न बनेको हो। हामी कहाँ कताकता दण्डहीनताको पनि बढ्दै गएको चिन्ता लागिरहेको छ। अहिले भर्खरै हेर्नुस् तीन वटा अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्नै नपाउँदै रेशम चौधरीलाई माफी दिनुभयो,’ उनले भने, ‘हामी जस्ताले त्यसलाई कसरी हेर्ने यी कुराहरु अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा सरकार टिकाउनका लागि यी कुराहरु गर्दा खेरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा हामीले बुझ्नु जरुरी छ।’
आर्थिक सामाजिक सांस्कृतिक विविधताहरु अहिले पनि अप्ठेरोमा परेको भन्दै कोइरालाले यसलाई समानतामा ल्याउन नसके संविधान अप्ठेरोमा पर्न सक्ने धारणा राखे।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


