Kathmandu Press

राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

देशभरबाट जम्मा भएका कवि तथा साहित्यकारको जमघटले दमौली दुई दिनसम्म साहित्यमय बन्यो। सम्मेलनमा सहभागी हुन आएका कवि र साहित्यकारले आ–आफ्ना कविता, गजल, मुक्तक प्रस्तुत गरिरहँदा कार्यक्रमस्थल उल्लासमय बनेको थियो। 
राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

तनहुँ, जेठ २७ :

जिन्दगी एउटा पत्रिका हो 
माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली
जिन्दगी एउटा पत्रिका हो 
माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली
साँच्ची जिन्दगी एउटा पत्रिका हो

एकापट्टि भव्य भोज अर्कोपटि भोकमरी
एकापट्टि भव्य भोज अर्कोपट्टि भोकमरी
एउटा छेउमा जितको समाचार अर्को छेउमा हारको
एकातिर ढुंगा कुद्छ, अर्कोतिर डुंगा डुब्छ
जिन्दगी एउटा पत्रिका हो।

Hardik ivf

तनहुँको सदरमुकाम दमौलीमा आयोजित दोस्रो राष्ट्रिय साहित्य सम्मेलनका क्रममा सिरहाका अविनाश भट्टराईले प्रस्तुत गरेकाे कविता हो यो। गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले शुक्रबार र शनिबार आयोजना गरेको साहित्य सम्मेलनका अवसरमा आयोजित कविता प्रतियोगितामा भट्टराईको उक्त कविता प्रथम बन्न सफल भयो। 

देशभरबाट जम्मा भएका कवि तथा साहित्यकारको जमघटले दमौली दुई दिनसम्म साहित्यमय बन्यो। सम्मेलनमा सहभागी हुन आएका कवि र साहित्यकारले आ–आफ्ना कविता, गजल, मुक्तक प्रस्तुत गरिरहँदा कार्यक्रमस्थल उल्लासमय बनेको थियो। 

उक्त प्रतियोगितामा सङ्खुवासभाका कवि सिजन श्रेष्ठको कविता ‘पहेँलो नक्सा’ द्वितीय र झापाका कवि केशव भट्टराईको ‘अपेक्षा’ तृतीय भएको छ। रौतहटका कवि मनोज विश्वकर्माको ‘ईश्वर–कल्प’, चितवनका सिर्जन अविरलको ‘गाउँमा आमा’, विराटनगरकी पूजा आराधनाको ‘चौबाटो र जिन्दगी’, तनहुँका प्रकाश रम्घालीको ‘जिन्दगीका फुटेजहरु’, गोरखाका भरतबाबु ढकालको ‘नारी मुक्ति आह्वान’ र सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘माटोको रङ्ग’ शीर्षकका कविता सान्त्वना भएका छन्। 

प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः रू ५५ हजार, रू ४० हजार र रू २५ हजार प्रदान गरिएको छ भने सान्त्वना हुने छ कविलाई जनही रू १० हजारका दरले पुरस्कार प्रदान गरिएको छ।

उक्त पुरस्कार आज आयोजित समापन समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले प्रदान गर्नुभयो। साहित्यकार रमेश पौडेलको संयोजकत्वमा रहेको निर्णायक समितिले उत्कृष्ट कविता घोषणा गरेको हो। 

कविता प्रतियोगितामा देशभरबाट दुई सय ३७ कविता प्राप्त भएको थियो। दुई वर्षअगाडि कार्यक्रम तय गरी कविता प्राप्त भएकामा सोही कवितालाई अहिले प्रतिस्पर्धामा सहभागी गराई उत्कृष्ट घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए। उनले भने, 'दुई वर्ष पहिला कार्यक्रम तय भई कविताहरु प्राप्त भएका थिए, त्यतिबेला कोभिडका कारण कार्यक्रम गर्न नसकेर स्थगित भयो। सोही कविता अहिले प्रतिस्पर्धामा सहभागी गराएर उत्कृष्ट घोषणा गरिएको हो।'

भाषा, साहित्य र कलाको संरक्षणका लागि साहित्य सम्मेलनको आयोजना गरिएको प्रतिष्ठानका सचिव अञ्जु दाहालले बताइन्। 'साहित्य सम्मेलनले यहाँको साहित्यिक, धार्मिक, सांस्कृतिक क्षेत्रको प्रवर्धनमा टेवा पुगेको छ,' उनले भनिन्, 'देशभरबाट आएका साहित्यकारको जमघटले व्यासभूमिको प्रचारप्रसारसमेत भएको छ।'

वरिष्ठ साहित्यकार सरुभक्तले सिर्जनाले अस्तित्वको पहिचान गराउने भएकाले निरन्तर यसमा लाग्न आग्रह गरे। व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँ साहित्यको उर्वरभूमि भए पनि अपेक्षित रुपमा विकास हुन नसकेको बताए। 

प्रकाशित मिति: १४:५९ बजे, शनिबार, जेठ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्