Kathmandu Press

जाजरकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

मृत्यु हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले जनाएको छ।
जाजरकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

सुर्खेत, जेठ २७ : जाजरकोटमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले जनाएको छ।

प्रहरीका  विद्यालयबाट फर्केर घरमा खाजा खाई खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा गई पौडी खेल्दा शुक्रबार डुबेर उनीहरूकाे मृत्यु भएको हाे।

डुबेको अवस्थामा स्थानीयले देखेपछि एक जनालाई मिसन अस्पताल चौरजहारी र अर्को एक जनालाई जिल्ला अस्पताल जाजरकोट लगिए पनि अस्पताले मृत घोष्णा गरेको जनाइएकाे छ।

प्रकाशित मिति: १४:२० बजे, शनिबार, जेठ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्