Kathmandu Press

पत्रकार पौडेलको दोहोरी गीत ‘पार्‍यौ बन्धकी’ बजारमा

पत्रकार पौडेलको दोहोरी गीत ‘पार्‍यौ बन्धकी’ बजारमा

काठमाडौं, जेठ २७ : पत्रकार अमृत पौडेलले लोक दोहोरी गीत ‘पार्‍यौ बन्धकी’ बजारमा ल्याएका छन्। स्व. शेरबहादुर गुरुङको सहकार्यमा उनले गीत ‘लिरिकल भिडियो’ बजारमा ल्याएका हुन्।

गीतमा पौडेलसँगै सदावहार लोक दोहोरी गायक राजु परियार, शेरबहादुर गुरुङ, लक्ष्मी न्यौपानेको स्वर छ । श्रीराम पौडेल ‘निर्दोष’ले लेखेको गीतमा बिनोद बाजुरालीले एरेन्ज गरेका छन्। गीतमा निर्दोषकै संगीत छ।

१५ वर्ष अगाडि नमस्ते पोखरा रेकर्डिङ स्टुडियोमा रेर्कड भएको गीत विन्ध्यवासिनी म्युजिकले मार्फत डिजिटल प्लेटफर्ममा आएको हो। डेढ दशकअघि तयार भएको यो गीत सहयात्री स्व. गुरुङप्रति समर्पित गरेको बताएका गायक पौडेलले छन्।

पत्रकार पौडेल नयाँ पुस्ता डटकमका प्रधान सम्पादक हुन्।

प्रकाशित मिति: १२:१८ बजे, शनिबार, जेठ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्