Kathmandu Press

आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्‍याउँछ : वाग्ले

सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने बताउँदै उनले नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको उल्लेख गरे।
आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्‍याउँछ : वाग्ले

काठमाडौं, जेठ २७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्‍याउने बताएका छन् । शनिबार नागढुंगा सुरुङ मार्गको अवलोकन गर्दै उनले आर्थिक समृद्धिमा सहयो पु¥याउनेृ भएकाले अब सुरुङ युगमा जानु पर्ने बताए ।

उनले थानकोट–नागढुंगा सुरुङ मार्ग महत्वपूर्ण आयोजना भएको बताए। यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने बताए बताउँदै अब टनेल टेक्नोलोजीमा जानुपर्ने उल्लेख गरे।

सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने बताउँदै उनले नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको उल्लेख गरे। यो मार्गको निर्माण समयमै सम्पन गर्न आफूहरूले भूमिका खेल्ने उनले बताए।

सांसद वाग्ले रास्वपाका सभापति रवि लामिछानेसहित सुरुङ मार्गको अवलोकन गर्न पुगेका थिए।

प्रकाशित मिति: १२:०३ बजे, शनिबार, जेठ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्