Kathmandu Press

माओवादी केन्द्रसँग एकताको पहल गर्ने नेसपाको निर्णय

भक्तपुरमा बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रसँग एकताको पहल गर्ने नेसपाको निर्णय

काठमाडौं, जेठ २७ : नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रलगायत पार्टीसँग एकता पहल गर्ने निर्णय गरेको छ।

भक्तपुरमा बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको हो।

समाजवादी केन्द्र निर्माणको लागि समाजवादकेन्द्रित कार्यक्रमसहित एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको माओवादीबाट औपचारिक जवाफ आएपछि नेसपाले निर्णय गर्ने भएको छ।

बैठकले अध्यक्ष र सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि व्यापक छलफल गरी एकमतले पारित गरेको बताइएको छ। यस्तै असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ।

प्रकाशित मिति: ०७:२३ बजे, शुक्रबार, जेठ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्