तातो हावाको लहरमाथि ‘विपद् सम्वाद’
छलफलमा यसको असर न्यूनीकरण्का लागि आवश्यक कार्ययोजनासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको छ।
काठमाडौं, जेठ २७ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनलाई चुस्त, दुरुस्त पार्न र सचेतनामूलक कार्यक्रमअघि बढाउन तथा समसामयिक विपद्जन्य विषयमा छलफल गर्न ‘विपद् सम्वाद’को थालनी गरेको छ ।
शुक्रबार तातोहावाको लहर (लु)का विषयमाथि छलफल गरेर उक्त सम्वाद सुरु गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए। उक्त सम्वाद कार्यक्रमलाई नियमित रुपमा अघि बढाउने उनले प्रतिबद्धता जनाए।
सम्वादमा नेपालमा बढ्दो तापक्रम र त्यसले पार्ने असरका विषयमा विज्ञहरुबीच छलफल भएको थियो। छलफलमा यसको असर न्यूनीकरण्का लागि आवश्यक कार्ययोजनासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको छ। सहभागीबाट आएको सुझावअनुसार आवश्यक कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरणले प्रतिबद्धता पनि जनाएको छ।
नेपालमा यो पटक प्रिमनुसुनका समयमा तापक्रम वृद्धि हुँदा विभिन्न स्थामा तापक्रमले रेकर्डहरु ब्रेक गरेको पाइएको छ । जसका कारण तातो हावा चल्दा जनजीवन प्रभावित भएको छ भने खाद्यान्न बालीमा असर पर्न थालेको छ। कतिपय बाली लगाउन पाइएको छैन भने कतिपय बाली सुकेका छन् ।
यस्तो अवस्थामा मानव स्वास्थ्यमा असर पर्ने भएकाले सावधानी अपनाउनुपर्ने चिकित्सक डा पवनकुमार शाहले बताए। बालबालिका वृद्धवृद्धि, कमजोर शरीर भएका तथा घाममा बढी काम गर्ने जदुरहरुमा यसले छिटो असर गर्ने भएकाले विशेष ख्याल गर्न र शीतलमा बस्न सुझाव दिए।
यसपटक औषतभन्दा कम पानी पर्ने आँकलन गरिएको छ। सोहीअनुसार अहिले पानी नपर्दा गर्मी बढिरहेको हो। यसपटक ३० मेदेखि तापक्रम वृद्धि हुन थालेकोमा पछिल्लो तीन दिनदेखि भने ह्वात्तै बढेको मौसमविद् शान्ति कँडेल बताउँछन्।
सम्वादमा सहभागी डा. मेघनाथ धिमाल तातो हावाको लहरबाट मानिसलाई कसरी बचाउने र यसको विकल्प के हुनसक्छ भनेर खोजी गर्न जरुरी रहेको बताए। उनले एक्सन प्यानसहित अघि नबढ्ने हो भने यसले ठूलो क्षति गर्नेतर्फ बेलैमा सचेत हुनुपर्नेमा जोड दिए।
मौसमविद् अर्चना श्रेष्ठ यसले स्वास्थ्यका साथै खेतीबाली, यातायात क्षेत्रमा प्रभाव पार्ने भएकाले मौसम विज्ञान विभागले विशेष बुलेटिन नै निकालेर सर्वसाधारणलाई जानकारी दिन थालेको बताए।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


