प्रस्तावित प्रधानन्यायाधीशविरद्ध २९ उजुरी
२९ उजुरीमध्ये २४ वटा उजुरी व्यक्ति आफैं उपस्थित भएर दिएका थिए भने ५ वटा उजुरी इमालमार्फत प्राप्त भएको बताइएको छ।
काठमाडाैं, जेठ २६ : प्रधानन्यायाधशीका लागि प्रस्तावित हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा २९ उजुरी परेको छ। समितिले उजुरीका लागि आव्हान गरेको समयसीमा भित्र ती उजुरी परेको समिति सचिवालयले जनाएको छ।
तीमध्ये २४ वटा उजुरी व्यक्ति आफैं उपस्थित भएर दिएका थिए भने ५ वटा उजुरी इमालमार्फत प्राप्त भएको बताइएको छ।
कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध बहालवाला न्यायाधीश श्रीकृष्ण भट्टराई, अधिवक्ताहरू यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठ, अभियन्ता रतन भण्डारीले समितिमा उजुरी दिएका छन्। अधिकांश उजुरीमा कार्कीको दलीय आवद्धता रहेको आरोप लगाइए समिति सचिवालयले जनाएको छ।
कार्की प्रधानन्यायाधीश भएको खण्डमासमेत असारमा नियुक्ति पाएर साउनमा कार्यकाल सकिने भएकाले रोक्नुपर्ने कतिपयको माग छ।
संवैधानिक परिषद्ले गत वैशाख १५ मा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । ढिलो गरी संसदीय सुनुवाइ समिति गठन भएकाले उनको सुनुवाइमा पनि ढिलाइ भएको हो।
कार्कीविरुद्धको उजुरी खोल्नका लागि आगामी आइतबार सुनुवाइ समितिको बैठक बोलाउने तयारी छ।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


