‘अझै सभापित बन्ने रहस छैन’
एमालेभित्र उमेर हद हटाइएको भन्दै उनले भने, ‘हामीकहाँ त्यस्तो छैन, तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन। मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन।’
चितवन, जेठ २६ : कांग्रेस सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्।
बिहीबार नेपाल डेमोक्र्याटिक लयर एसोसिएसनको ११औं राष्ट्रिय महाधिवेशन सम्बोधन गर्दै सभापति देउवाले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताए ।
आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताए। उनले भने, ‘नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ, त्यसका लागि सबै मिलेर अघि बढौं।’
एमालेभित्र उमेर हद हटाइएको भन्दै उनले भने, ‘हामीकहाँ त्यस्तो छैन, तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन। मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन।’
प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो। उनले कानून व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताए।
‘रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानून व्यवसायी हुन्,’ सभापति देउवाले भने।
प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन नेपाल डेमोक्र्याटिक लयर एसोसिएसनको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले यो भूमिकालाई थप सशक्त बनाउनु पर्ने बताए।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


