Kathmandu Press

चितवन पुगेर शेखर कोइरालाले भने– कांग्रेसले आफ्नो औचित्य पुष्टी गर्ने बेला आएको छ

कोइरालाले वर्तमान राजनीतकि घटनाक्रमले कांग्रेसको भविष्यमाथि प्रश्न उठाएको कांग्रेस अहिले किन र कसका लागि भनेर औचित्य पुष्टी गर्नुपर्ने बेला आएको बताए।
चितवन पुगेर शेखर कोइरालाले भने– कांग्रेसले आफ्नो औचित्य पुष्टी गर्ने बेला आएको छ
फाइल तस्बिर।

चितवन, जेठ २६ : कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टी गर्ने बेला आएको बताएका छन्। चितवनमा शुक्रबार  डेमोक्रेटिक लयर्स एसोसिएसनको ११ औँ महाधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले वर्तमान राजनीतकि घटनाक्रमले कांग्रेसको भविष्यमाथि प्रश्न उठाएको कांग्रेस अहिले किन र कसका लागि भनेर औचित्य पुष्टी गर्नुपर्ने बेला आएको बताए।

वर्तमान समयमा जनता र कांग्रेसका बीचमा दुरी बढेको उनले उल्लेख गरे। ‘कांग्रेस मुलुकको अग्रणी राजनीतिक पार्टी हो। यसको ऐतिहासिक विरासत र रोमाञ्चित यात्राको गाथा कसैबाट लुकेको छैन,’ उनले भने, ‘तर अहिले हरेक सार्वजनिक संस्था जस्तै हाम्रो दल किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने बेला भएको छ।’

कांग्रेसले प्रस्ट विचार र कार्यक्रमका साथ जनताको बीचमा जान नसकेकाले पछिल्ला निर्वाचनले हाम्रा चुनौती र अवसरलाई स्पष्ट गरिदिएको कोइरालाले बताए । अहिले कांग्रेस जनताबाट टाढिएको बताउँदै त्यो दुःखद् भएको उनले बताए ।  

उनले पछिल्लो पटक तीनै तहका न्यायालयले दोषी करार गरेका दुई दर्जनले आममाफी पाएको भन्दै कानुनी शासनमा यस्तो उन्मुक्ति अभ्यासलाई कसरी बुझ्ने भन्ने प्रश्न उठिरहेको बताए । उनले संविधानले सबैलाई समानताको हक दिएपछि दण्डहिनता बढेर गएको छ र उन्मुक्ति पाउने अवस्था अझै विद्यमान भएको उल्लेख गरे।

प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, जेठ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्