कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएकाे र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
काठमाडाैं, जेठ २६ : कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका ५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ।
स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएकाे र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
आज बिहान १० बजे कालीगण्डकी करिडोरको सेतीबेनी–मिर्मी सडक खण्डअन्तर्गत गल्याङ नगरपालिका–५ जोगिमारास्थित ठूलोखोलामा दुर्घटना भएको खनालले जानकारी दिए। घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ नगरपालिका–५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए।
प्रकाशित मिति: १६:२५ बजे, शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)