Kathmandu Press

यस्तो छ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति तथा कार्यक्रममा कृषि पेशालाई मर्यादित र सम्मानित बनाउन कृषि तथा पशुपंक्षी क्षेत्रमा उत्पादन तथा प्रविधि हस्तान्तरणमा उदाहरणीय योगदान पुर्याउने उल्लेख छ।
यस्तो छ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं, जेठ २६ : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार बसेको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेशले विगतकै केही राम्रा नीति कार्यक्रमलाई निरन्तरता दिँदै रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

नीति तथा कार्यक्रममा कृषि पेशालाई मर्यादित र सम्मानित बनाउन कृषि तथा पशुपंक्षी क्षेत्रमा उत्पादन तथा प्रविधि हस्तान्तरणमा उदाहरणीय योगदान पुर्याउने उल्लेख छ।

कृषिको आधुनिकीकरण तथा व्यावसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारले बालीवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास गर्ने लक्ष्यसमेत प्रदेश सरकारले लिएको छ।

प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, जेठ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्