Kathmandu Press

राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक नबनाउन माग

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष असार ९ मा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ। प्रतिष्ठानले महोत्सवलाई बहुभाषिक बनाउने गरी सूचना प्रकाशित गरेपछि संस्था विरोधमा उत्रिएको हो।
राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक नबनाउन माग

काठमाडाैं, जेठ २६ : साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ। संस्थाले एक विज्ञप्ति जारी गर्दै नेपाली भाषामा चल्दै आएको उक्त महोत्सवलाई बहुभाषिक नबनाउन माग गरेको हो। 

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष असार ९ मा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ। प्रतिष्ठानले महोत्सवलाई बहुभाषिक बनाउने गरी सूचना प्रकाशित गरेपछि संस्था विरोधमा उत्रिएको हो।

Hardik ivf

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा फेब्रुअरी २१ मा नेपालका सबै मातृभाषी कविले मातृभाषामा कविता बुझाउन सक्ने व्यवस्था भएकाले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने साहित्य सन्ध्याको धारणा छ।

साहित्य सन्ध्याले नेपाली भाषा, कोश र व्याकरण विभाग खारेज र आजीवन सदस्यको विद्वद्वृत्ति रोक्ने प्रज्ञा प्रतिष्ठानको निर्णयमा समेत असहमति प्रकट गरेको छ। यद्यपि उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ।

सन्ध्याका अध्यक्ष राम विनयले विज्ञप्ति जारी गर्दै गरी विरोध जनाएपछि प्रतिष्ठानले जवाफी विज्ञप्तिमार्फत विभाग यथावत् रहेको दाबी गरेको थियो। तर विभाग गठनसम्बन्धी निर्णय सार्वजनिक गर्दा कुलपति भूपाल राईले उक्त विभाग नरहेको अवस्थाका बारेमा खण्डन नगर्नु र नसच्याइँनुले उक्त निर्णय नियतवश गरिएको संस्थाको दाबी छ।

साहित्य सन्ध्याले ‘बालप्रज्ञा’को नाम परिवर्तन गरी ‘लालपाते’ राख्ने निर्णयको पनि विरोध गरेको छ। प्रतिष्ठानको गौरव, प्रतिष्ठा र प्रभाव प्रतिविम्बित हुने ऐतिहासिक कार्यलाई निरन्तरता दिन नखोजिएको संस्थाले आरोप लगाएको छ। 

प्रकाशित मिति: १४:२४ बजे, शुक्रबार, जेठ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्