माओवादीको सहाराबिना ओलीकाे सिंहदरबार यात्रा असम्भव : जनार्दन शर्मा
माओवादीबिना नेपालको राजनीतिक इतिहाससमेत अपुरो हुने उनको भनाइ थियो।
काठमाडौं, जेठ २६ : माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादीको सहाराबिना एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न नसक्ने बताएका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै गरेको व्यंग्यको जवाफ दिँदै उनले भने, ‘याद रहोस्, माओवादीको शक्तिबिना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहनेछ।’ माओवादीबिना नेपालको राजनीतिक इतिहाससमेत अपुरो हुने उनको भनाइ थियो।
संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता मुद्दा माओवादीको विरासत भएको दाबी गर्दै उनले संसदको तेस्रो शक्ति बने पनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति कायम रहेको उनका भनाइ थियो। ‘संविधान संघीयता धर्मनिरपेक्षता समावेशिता र समानुपातिक जस्ता मुद्धा माओवादीका विरासत हुन्,’ उनले भने, ‘यसकै बलमा वविगतमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएका होइनौं र?’
उनले थपे, ‘माओवादी अहिले संसद्मा तेस्रो पार्टी बनेको छ तर हामीसँग परिवर्तनको रापतापबाट आएको चुम्बकिय शक्ति थयावत् छ,’ शर्माले भने, ‘चुम्बकिय शक्तिमा धातुहरूलाई आकर्षित गर्ने गुण हन्छ र धातुहरू यसमा टाँसिन्छन्। धातु चुम्बकमा टाँसिन्छ चुम्बक धातुमा होइन यो कुरा हेक्का रहोस्।’








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


