नागरिकता विधेयक विवादमा सुनुवाई सकियो, आदेशको तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता प्रमाणिकरण गैर संवैधानिक रहेको प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ताहरु सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिठ दायर गरेका थिए।
काठमाडौं, जेठ २६ : नागरिकता विधेयक प्रमाणीकरण विवादको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र शुष्मालता माथेमाको इजलासमा सुनुवाई सकिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता प्रमाणिकरण गैर संवैधानिक रहेको प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ताहरु सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिठ दायर गरेका थिए।
उक्त रिटमा यसअघि गत जेठ २१ गते सर्वोच्चका न्यायाधीश मनोज शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्डमा राखेको विधेयकलाई हालका राष्ट्रपतिले प्रमाणिकरण गर्न नमिल्ने प्रश्न रिटमा उठाइएको छ। अघिल्लो सदनमा पेस भएर पारित भएको विधेयक नयाँ संसद् आएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गर्न नमिल्ने भएकाले रिटको अन्तिम टुंगो नलाग्दासम्मका लागि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
नागरिकता विधेयक प्रमाणिकरण रोक्न मिल्ने वा नमिल्ने बिषयमा सर्वोच्चको संयुक्त इजलासले अघिल्लो अन्तरिम आदेशको बिषयमा शुक्रवार छिनोफानो गर्ने छ।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


