संघीयता कमजोर पार्ने कुनै गतिविधि नगर्न पहिचान पक्षधरलाई गृहमन्त्रीकाे आग्रह
‘संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा संस्थाहरुको सुरक्षमा चुनौती उत्पन्न गर्ने वा व्यक्ति नेताहरुको सुरक्षामा थ्रेट उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकारले छुट दिन सक्दैन’
काठमाडौं, जेठ २६ : गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा नामकरणको विषयमा आन्दोलनरत पहिचान पक्षधरलाई संघीयता कमजोर पार्ने र संघीयता नचाहनेलाई फाइदा पुग्ने कुनै गतिविधि नगर्न आग्रह गरेका छन्।
कोशी प्रदेशको नामकरणलाई लिएर चर्किएको आन्दोलनका क्रममा आफ्ना नेताकार्यकर्तामाथि आक्रमण हुन थालेपछि एमालेले सरकारको जवाफ मागेको थियो। उनले नामकरणको विरोधमा भइरहेको आन्दोलन एमालेको विरुद्धमा केन्द्रित भएको आरोप लगाए।
उनले बिहीबार इलाम र उदयपुरमा भएका घटनामा दुःख व्यक्त गर्दै त्यहाँ प्रहरीले सुरक्षा प्रबन्ध गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे। ‘संविधान, कानुनलाई आफ्नो हातमा लिने, अराजक र उदण्ड गतिविधि गर्ने, अरुको जीउज्यान थ्रेट गर्ने कुनै पनि गतिविधिलाई सरकारले माफी दिन सक्दैन । यसमा कुनै पनि ढंगले यताउता गरेर हुन्छ कि भनेर सोच्नु ठीक छैन,’ उनले भने ।
मन्त्री श्रेष्ठले राजनीतिक मुद्दालाई संविधान, कानूनको क्षेत्राधिकारभित्र रहेर राजनीतिक ढंगबाटै समाधानको बाटो खोज्न आग्रह गरे। जेठ २६ गते उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनका नाममा हुने अराजक गतिविधि सह्य नहुने बताए।
शान्तिपूर्ण रुपमा आफ्नो विचार राख्ने सुविधा सबैलाई हुने भए पनि अराजक गतिविधि गर्ने कसैलाई नभएकाे र त्यस्ताे गतिविधि गर्नेलाई कुनै हालतमा सरकारले छुट नदिने उनको भनाइ थियो।
‘संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा संस्थाहरुको सुरक्षमा चुनौती उत्पन्न गर्ने वा व्यक्ति नेताहरुको सुरक्षामा थ्रेट उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकारले छुट दिन सक्दैन,’ उनले भने।
आफ्ना गतिविधिका कारण आन्दोलनका नाममा अराजक र उद्दण्डता प्रोत्साहन नहोस् भन्नेमा सबै सचेत हुनुपर्नेमा उनले जोड दिए।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


