Kathmandu Press

बजेटमाथिको छलफल आज पनि जारी रहने

बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०, ०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदन–२०७९ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
बजेटमाथिको छलफल आज पनि जारी रहने

काठमाडौं, जेठ २६ : संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्नेछ । 

बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०, ०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदन–२०७९ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट वि.सं. २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित, वि.सं. २०६४ सालको संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनीत सदस्य महेश चौधरीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति: ०७:५३ बजे, शुक्रबार, जेठ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्