जिल्ला निर्वाचन खारेजीका विषयमा दलहरूसँग छलफल गर्दै आयोग
जेठ १५ गते प्रस्तुत भएको बजेट वक्तव्यमा अर्थमन्त्री डा। प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० वटाभन्दा बढी निकाय खारेज गर्ने बताएका थिए ।
काठमाडौं, जेठ २६ : निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । बिहान साढे ११ बजे आगोगको सभाहलमा बस्नेगरी बैठक बोलाइएको छ ।
जेठ १५ गते प्रस्तुत भएको बजेट वक्तव्यमा अर्थमन्त्री डा। प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० वटाभन्दा बढी निकाय खारेज गर्ने बताएका थिए । जसमा जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालयको इकाइको रूपमा राख्ने र निर्वाचन कार्यालयहरु प्रदेशमा मात्र रहने बजेट वक्तव्यको अनुसुचीमा उल्लेख छ ।
सोही लगायतका विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने १४ दललाई आयोगले बोलाएको छ । आर्थिक वर्ष २०८०,०८१ को बजेट वक्तव्यको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालयको विषयमा गरिएको व्यवस्था, निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक नेपाल सरकारमार्फत संसद्मा पेस, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलको लेखा तथा लेखापरीक्षण बैठकका एजेण्डा रहेको आयोगले जनाएको छ ।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


