कांग्रेस संसदीय दल सचेतकमा सुशीला थिङ
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा मनोनयन गरेका हुन्। देउवाका निजी सचिव केशवराज जोशीले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर मनोनयनबारे जानकारी गराएका हुन्।
काठमाडाैं, जेठ २५ : नेपाली कांग्रेस संसदीय दल प्रतिनिधि सभातर्फ सचेतकमा सुशीला थिङलाई मनोनयन गरिएको छ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा मनोनयन गरेका हुन्। देउवाका निजी सचिव केशवराज जोशीले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर मनोनयनबारे जानकारी गराएका हुन्।
'दलका नेता शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा २ बमोजिम प्रतिनिधिसभा सदस्य माननीय सुशीला थिङज्यूलाई प्रतिनिधिसभाको सचृतक पदमा मनोनयन गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
थिङ गत मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेस समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।
प्रकाशित मिति: १७:१८ बजे, बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)