एमाले कोसीका उपनेता राम राना र प्रदेश उपसभामुख सिर्जना दनुवारमाथि दुर्व्यवहार
पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने पक्षमा रहेका विभिन्न राजनीतिक दल र जातीय संगठन आन्दोलनमा उत्रिएका छन्। आन्दोलनरत पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले बुधबार वार्ता समिति बनाइसकेको छ।
विराटनगर, जेठ २५ : कोसी नामकरणको विरोधमा आन्दोलनरत पक्षबाट एमालेका कोशी प्रदेश संसदीय दलका उपनेता राम रानामगरमाथि इलाममा अभद्र व्यवहार भएको छ। त्यस्तै कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवारमाथि उदयपुरमा दुर्व्यवहार भएको छ।
आज (बिहीबार) इलामबाट झापा फर्कने क्रममा इलाम नगरपालिका–११ सोयाकमा बिहान साढे ११ बजे रानामाथि दुर्व्यवहार भएको थियो। भित्रीबाटो तराई फर्कंदै थिएँ मुढाले बाटो छेकेर गाडीमा मोबिल हालेको, आगो लगाउने प्रयास गरेको र ढुंगा पनि प्रहार गरेको बताइएको छ।
पहिचान पक्षधरका कार्यकर्ताले उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारको गाडी रोकेर दुर्व्यवहार गर्न खोजेपछि चालकले गाडी अगाडि बढाएको बताइउको छ। त्यसक्रममा उनीविरुद्ध नाराबाजी भएको थियो।
पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने पक्षमा रहेका विभिन्न राजनीतिक दल र जातीय संगठन आन्दोलनमा उत्रिएका छन्। आन्दोलनरत पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले बुधबार वार्ता समिति बनाइसकेको छ।

![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)