Kathmandu Press

सांसदका जिज्ञासा टिपोट गर्न अर्थ मन्त्रालयका उपसचिवभन्दा माथिका कर्मचारी राख्न निर्देशन

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरुले बजेटमाथिको छलफलका क्रममा मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाएपछि अध्यक्ष तिमिल्सिनाले मन्त्रालयका उपसचिव भन्दामाथि माथिल्लोस्तरका कर्मचारी रोखेर टिपोट गर्ने व्यवस्था गर्न निर्देशन दिएका हुन्।
सांसदका जिज्ञासा टिपोट गर्न अर्थ मन्त्रालयका उपसचिवभन्दा माथिका कर्मचारी राख्न निर्देशन

काठमाडाैं, जेठ २५ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बजेटमाथिको छलफलका क्रममा सांसदहरुले राखेका प्रश्न र जिज्ञासा टिपोट गर्न अर्थ मन्त्रालयका उपसचिव भन्दामाथि माथिल्लोस्तरका कर्मचारी राख्न निर्देशन दिएका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरुले बजेटमाथिको छलफलका क्रममा मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाएपछि अध्यक्ष तिमिल्सिनाले मन्त्रालयका उपसचिव भन्दामाथि माथिल्लोस्तरका कर्मचारी रोखेर टिपोट गर्ने व्यवस्था गर्न निर्देशन दिएका हुन्।

बजेटमाथिको सामान्य छलफल एकैपटक दुवै सदनमा चल्ने व्यवस्था भएकाले यस्तो अवस्थामा दुवैतिर एकै मन्त्रीलाई खोज्ने कुरा व्यावहारिक नहुने उनको भनाइ छ। यसलाई मध्यनजर गर्दै सांसदहरुको कुरा टिपोट गर्ने कर्मचारी राख्न उहाले निर्देशन दिए।

त्यसअघि बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले बजेटमाथिको जारी छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गरेका थिए। नियमावलीमा कुनै विषयमा छलफल चलिरहेको समयमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उहाले मन्त्रीको उपस्थितिमा मात्रै बैठक सञ्चालन गर्न माग गरे।

श्रेष्ठले बुधबारको बैठकमा पनि आफूले यस विषयमा ध्यानाकर्षण गराएको र सत्तापक्षका सांसदले पनि यस विषयलाई उठाएको स्मरण गराए।

प्रकाशित मिति: १४:४० बजे, बिहीबार, जेठ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्