Kathmandu Press

बालेनकाे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश गरेर ‘अखण्ड भारत’को मुरल राखेपछि नेपालमा विरोध भइरहेका बेला बालेनले आज (बिहीबार) सभागृहस्थित आफ्नो कार्यकक्ष आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्न लगाएका हुन्।
बालेनकाे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

काठमाडौं, जेठ २५ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखिएकाे छ।

भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश गरेर ‘अखण्ड भारत’को मुरल राखेपछि नेपालमा विरोध भइरहेका बेला बालेनले आज (बिहीबार) सभागृहस्थित आफ्नो कार्यकक्ष आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्न लगाएका हुन्।

यसअघि त्यहाँ नेपालको थ्रिडी नक्सा थियो। मेयर साह यतिबेला भारत भ्रमणमा छन्। भारत जानुअघि उनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएको र आज नक्सा राखिएको स्रोतको भनाइ छ।

कांग्रेस महामन्त्री गगन थापाले बिहीबार नै विराटनगरमा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका थिए।

भारतले जेठ १४ गते  उद्घाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नक्सा राखेको थियो। साे नक्सामामा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्र समेत समेटिएका छन्। 

प्रकाशित मिति: १४:३० बजे, बिहीबार, जेठ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्