भट्टराईको राजनीतिक प्रतिवेदन : पार्टी अस्तित्व संकटको गम्भीर मोडमा उभिएको छ
बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम समेटिएकाे राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
काठमाडाैं, जेठ २५ : नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक भक्तपुरमा सुरु भएको छ। बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम समेटिएकाे राजनीतिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदन उनले आफ्नै कमजोरीको पनि आत्मसमीक्षा गरेका छन्।
‘अबको राष्ट्रको सङ्कल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन्। यसका साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेस हुने जनाइएको छ।
हतारमा पार्टी घोषणा, तालमेलसहित चुनावी प्रतिस्पर्धा, जनआन्दोलन र परिचालनप्रति उदासीनता, मूल नेतृत्वको उदारता तथा आदर्शवाद र वस्तुगत प्रतिकूलता जस्ता कारणले पार्टी कमजोर भएको अध्यक्ष भट्टराईकाे प्रतिवेदनमा उल्लेख छ।
पार्टी आफ्नो पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा उभिएको उनकाे भनाइ छ। ‘हामी कहाँ जान हिँडेका थियौँ, कहाँ पुग्यौँ? हामी वैकल्पिक राजनीतिक शक्ति हौँ कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौँ?’ प्रतिवेदनमा भट्टराईले भनेका छन्। बैठक भोलिसम्म चल्नेछ।
हेर्नुहाेस् प्रतिवेदनकाे पूर्णपाठ










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
