‘नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ’
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले नागरिकता विधेयक प्रतिनिधिसभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने पक्षमा आफूहरु रहेको उनले बताए।
काठमाडौं, जेठ २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो दल नागरिकता विधेयकको विपक्षमा नरहे पनि प्रमाणकीरणको प्रक्रियाप्रति भनेसहमति जनाउन नसकिने बताएका छन्।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले नागरिकता विधेयक प्रतिनिधिसभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने पक्षमा आफूहरु रहेको उनले बताए। ‘विधेयक संसदमा आएको भए हामी छलफल गर्थ्यौं। त्यहाँ भएको विभेदका विषयमा हामी कुराकानी गर्थ्यौं,’ उनले भने, ‘गलत बाटोबाट गएको हुनाले विरोध जनाएका हौं ।’
प्रतिनिधिसभामा छलफलका लागि नागरिकता विधेयक ल्याइए त्यसमा छलफल गरेर आफूहरूले पनि केही योगदान गर्ने र स्वामित्व लिन पाइने आफ्नो पार्टीको रहेको उनको भनाइ थियो।
नागरिकता विधेयकका सन्दर्भमा आफूहरु मधेसी समुदायको विरुद्धमा रहेको अवस्था सिर्जना गर्न खोजिएको भन्दै उनले असन्तुष्टि जनाए। ‘नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको छ,’ उनले भने, ‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ। जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईको जति नै सुनिश्चित छ र हुनुपर्छ।’
उनले आफूहरुलाई भोट बैंकको आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारी र मिटरब्याज पीडितको विषयमा आफूहरु मधेसी जनताको पक्षमा उभिएको स्पष्ट पारे।
नागरिकता विधेयकमा रहेको एकल आमाले सन्तानलाई नागरिकता दिन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था महिलामाथि विभेदकारी रहेको लामिछानेले बताए।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
