Kathmandu Press

बजेटले गरिब झन् गरिब र धनी झन् धनी बन्दै जाने प्रणालीको जोड दिएको छ : पृथ्वी सुब्बा गुरूङ

उनले बजेटले ७५३ वटा सरकार छ भन्ने भुलेको र बजेट एकात्मकतावादी भएर आएको बताए।
बजेटले गरिब झन् गरिब र धनी झन् धनी बन्दै जाने प्रणालीको जोड दिएको छ : पृथ्वी सुब्बा गुरूङ

काठमाडौं, जेठ २५ : एमाले सांसद् पृथ्वी सुब्बा गुरूङले आर्थिक वर्ष २०८०र८१ को बजेटले राजस्व, कर प्रणलीमा कुनै परिवर्तन नगरेको टिप्पणी गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटबारे टिप्पणी गर्दै उनले भन्सार राजस्व, कमिसनमा रमाउने अर्थतन्त्रले राज्यको योगदान दिन नसकिने बताएका हुन्।

बजेटले सम्पति, उत्पादन जस्ता क्षेत्रमा असमान वितरण हटाउन कुनै नरेको उनले बताए। त्यस्तै उनले अहिलेको बजेटले गरिब झन् गरिब र धनी झन् धनी बन्दै जाने प्रणालीको जोड दिएको तर्क गरे। बजेटले शिक्षा, स्वास्थ्य, अधुनिकरणजस्ता विषयलाइ सम्बोधन नगरेको उनको भनाइ थियो।

गुरुङले वर्तमान सरकारले ल्याएको बजेट पञ्चायतकालीन बजेटको पुनरावृत्ति भएको र प्रगतिशील बन्न नसकेको दाबी गरे।

‘राज्य सत्ताको अधिकार प्राप्त सरकारले जोसँग आर्थिक अधिकार पनि छ। त्यसैले यो बजेटलाई पञ्चायतकालीन वजेटको पुनरावृत्ति भयो भन्न सकिन्छ। यो कुनै प्रोगेसिभ बजेट हैन। यो समाजवादको यात्रा तय गर्ने खालको बजेट हैन,’ उनले भने, ‘यहाँ कुनै कर प्रणालीमा परिवर्तन भएको छैन। भन्सार राजस्वमा आधारित अर्थतन्त्र निमार्ण गर्न खोजेर, भन्सार राजस्वमा रमाउने सरकार कमिसन तन्त्रमा रमाउने व्यवसाय यस्तो अर्थतन्त्रले देशको विकासमा योगदान पुर्‍याउन सक्दैन।’

उनले बजेटले ७५३ वटा सरकार छ भन्ने भुलेको र बजेट एकात्मकतावादी भएर आएको बताए। राजनीतिक अर्थशास्त्र नबुझेको बजेट आएको टिप्पणी गर्दै उनले सबै अधिकार सम्पन्न प्रदेश सरकार, स्थानीय सरकारलाई पहिलेकै जस्तो केन्द्र सरकारले आफ्नो लाइन एजेन्सी जस्तो ठानेर बजेट विनियोजन गरेका कारण प्रस्तुत बजेटले उत्पादन नबढाउने, उत्पादकत्व नबढाउने, रोजगारी सिर्जना नगर्ने, गरिबी निवारण नगर्ने र समाजवादको आधार पनि तयार गर्न नसक्ने तर्क उनले गरे।

 

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, जेठ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्