लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि भएकाले भारतले फिर्ता गर्नुपर्छ : गगन थापा
भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्ने हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा भारतले पनि सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताए।
विराटनगर, जेठ २५ : कांग्रेस महामन्त्री गगन थापाले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि भएकाले भारतले फिर्ता गर्नुपर्ने बताएका छन्।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘लिम्पियाधुरा लिपुलेकमाथि नेपालको हकअधिकार कसैले खोसेर लैजान सक्दैन। यसका निम्ति कुनै विकल्पबारे नेपालले सोच्दैन, सोच्नु पनि हुन्न।’ नेपाली कांग्रेसको धारणा पनि लिम्पियाधुरा, लिपुलेक फिर्ता गर्नुपर्छ भन्ने रहेको उनले बताए।
भूपरिवेष्ठित देश भएकाले भारत हुँदै बंगलादेशसम्मको बाटो पाउनु पनि नेपालको अधिकार भएको उनले बताए।
भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्ने हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा भारतले पनि सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताए।
कुनै बेला नेपालको सीमा पनि धेरै बदलिएको बताउँदै उनले भने, 'कुनै देशले मेरो यथार्थ नक्सा फरक छ, सांस्कृतिक नक्सा फरक छ भन्ने विचार राख्छ भने नेपालको पनि यथार्थ नक्सा यो छ, सांस्कृतिक नक्सा योभन्दा विशाल छ भन्ने हक प्रयोग ग गर्नुपर्छ।'










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
