Kathmandu Press

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा. साहको बिहीबार बिहान निधन भएको हाे।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

धनुषा, जेठ २५ : मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ।

एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा. साहको बिहीबार बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो।

काठमाडौँमा उपचार सम्भव नभएपछि उपकुलपति साहलाई भारतको नयाँ दिल्ली लगिएको थियो। उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए।

डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो।

प्रकाशित मिति: १०:४० बजे, बिहीबार, जेठ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्