Kathmandu Press

चलचित्र क्षेत्रमा देखिएका समस्या सरकारसम्म पुर्‍याउँछु : मन्त्री लिम्बू

जमलस्थित नाचघरमा आज आयोजित ‘स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा उनले चलचित्र क्षेत्रमा देखिएको समस्यालाई सरकारसम्म पुर्याउने पुलको काम गर्ने बताए।
चलचित्र क्षेत्रमा देखिएका समस्या सरकारसम्म पुर्‍याउँछु : मन्त्री लिम्बू

काठमाडौं, जेठ २४ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू जनताको सेवक भएकाले समस्यालाई निर्धक्कसँग राख्न आग्रह गरेका छन्।

जमलस्थित नाचघरमा आज आयोजित ‘स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा उनले चलचित्र क्षेत्रमा देखिएको समस्यालाई सरकारसम्म पुर्याउने पुलको काम गर्ने बताए।

Hardik ivf

‘चलचित्र क्षेत्रमा देखिएका समस्या समाधानमा मेरो सक्दो सहयोग रहनेछ। मलाई सेवक सम्झेर आफ्ना समस्या राख्नलाई आग्रह गर्दछु,’ मन्त्री लिम्बूले भने, ‘हामी भिन्न क्षेत्रमा रहेता पनि उद्देश्य  एउटै छ। देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी काम गरिरहेका छौं।’

महोत्सवको समापन समारोहमा उनले विजेतालाई प्रमाणपत्रसमेत प्रदान गरेका थिए ।

महोत्सव समापन समारोहमा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक दिनेश राउत, गायक कुलेन्द्र विकलगायत उपस्थित थिए।

प्रकाशित मिति: २०:५९ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्