Kathmandu Press

अझै ५ दिन देशभर गर्मी बढ्ने, नवलपुरकाे दुम्काैलीमा बुधबार सबैभन्दा धेरै गर्मी

तातो हावा चलिरहेकाले महाशाखाले तराई क्षेत्रमा ५ दिनसम्म अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।
अझै ५ दिन देशभर गर्मी बढ्ने, नवलपुरकाे दुम्काैलीमा बुधबार सबैभन्दा धेरै गर्मी

काठमाडाैं, जेठ २४ : पछिल्लो एक साता यता बढिरहेको गर्मी अझै ५ दिन बढ्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर बढिरहेको गर्मी अझै ५ दिन कायम रहन सक्ने बताएको छ।

तातो हावा चलिरहेकाले महाशाखाले तराई क्षेत्रमा ५ दिनसम्म अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। महाशालाले लु लाग्ने सम्भावना रहेको जनाएको छ।

‘अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढिरहेको छ,’ महाशाखाले प्रकाशित गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘तराई मधेशका जिल्लाहरूमा तातो हावा तथा लूको सम्भावना छ। त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन अनुरोध छ।’

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना नभएको महाशाखाले जनाएको छ। तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुनसक्ने महाशाखाले अनुमान गरेको छ।

महाशाखाका अनुसार बुधबार नवलपुरको दुम्कौलीमा सबैभन्दा धेरै गर्मी भएको छ। दुम्कौलीमा बुधबार अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ। जेठ २२ गते पनि दुम्कौलीको तापक्रम ४३.८ डिग्री सेल्सियस नै थियो ।

महाशाखाले बढ्दो गर्मीका कारण मानव स्वास्थ्यमा पर्नसक्ने असर र त्यसबाट जोगिने उपायहरु समेत सुझाएको छ।

 

प्रकाशित मिति: १९:४८ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्