Kathmandu Press

बहसमा कानुन व्यवसायीकाे प्रश्न– अख्तियार प्रमुखमाथि किन अनुसन्धान गरिएन?

अधिवक्ता शर्माले केही आरोपीलाई बयानमा पोलिएकै आधारमा मात्रै प्रतिवादी बनाइएको, तर कसैमाथि प्रारम्भिक अनुसन्धान समेत नभएको बताए।
बहसमा कानुन व्यवसायीकाे प्रश्न– अख्तियार प्रमुखमाथि किन अनुसन्धान गरिएन?

काठमाडौं, जेठ २४ : नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा कानुनव्यवसायीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि किन अनुसन्धान नभएको भन्दै अदालतमा प्रश्न उठाएका छन्।

विचौलियाको अभियोग लगाइएका सानु भण्डारीका कानून व्यवसायी रहेका अधिवक्ता विनोद शर्माले यस्तो प्रश्न उठाएका हुन्।

अधिवक्ता शर्माले केही आरोपीलाई बयानमा पोलिएकै आधारमा मात्रै प्रतिवादी बनाइएको, तर कसैमाथि प्रारम्भिक अनुसन्धान समेत नभएको बताए।

‘बयानमा प्रेमकुमार राईको गाडीको डिकीमा लगेर पैसा हालिदिएको भन्ने कुरा आएको छ,’ बहसमा अधिवक्ता शर्माले भने, ‘त्यो पनि सबैभन्दा संवेदनशील गृह मन्त्रालय जस्तो ठाउँ हो, दिएको हो कि होइन, खोइ अनुसन्धान? गृह मन्त्रालयमा त्यसबेलाको सीसी टीभी होला, मन्त्रालय छिर्नलाई अनुमति लिएको विषय होला । तर, किन अनुसन्धान भएन?’

भण्डारीका कानुनव्यवसायी शर्माले प्रतिबादीको साबिती बयानबाहेक कुनै प्रमाण नरहेको जिकिर पनि गरे। उनले भण्डारीले करोडौं उठाएको भए किन रकम बरामद भएन ? भन्ने प्रश्न पनि उठाएका छन्। भण्डारी आफंै पीडित रहेको दाबी अधिवक्ता शर्माको थियो।

 

प्रकाशित मिति: १९:०० बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्