नक्कली भुटानी शरणार्थी प्रकरण : तीन प्रतिवादीका १३ वकिलको बहस सकियो
रतिवादीमध्येका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको तर्फबाट बुधबार १३ जना कानुनव्यवसायीले बहस गरेका हुन्।
काठमाडौं, जेठ २४ : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको अभियोगससहित मुद्दा चलाइएका तीन जना प्रतिवादीको तर्फबाट बुधबार १३ जना कानुनव्यवसायीले बहस गरेका छन्।
नक्कली शरणार्थी प्रकरणमा बुधबारदेखि प्रतिवादीहरुको तर्फका वकिलहरूले बहस सुरु भएको थियो। प्रतिवादीमध्येका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको तर्फबाट बुधबार १३ जना कानुनव्यवसायीले बहस गरेका हुन्।
दुलालको तर्फबाट योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी, विश्वास आचार्य, विकास भट्टराई, विकास थापा र राजन भट्टराईले वहश बहस गरेका थिए भनृ अर्का प्रतिवादी भण्डारी र गुरुङको पक्षबाट अधिवक्ता विनोद शर्मा, चुडामणि पोखरेल, शिवप्रसाद रिजाल, साधुराम सापकोटा, शरदप्रसाद कोइराला, खडानन्द कँडेल र निरसिंहकुमार खत्रीले प्रतिरक्षा गरेका थिए।
सुनुवाईका क्रममा दुलाल, भण्डारी र टंकविरुद्ध लगाइएको अभियोग पुष्टी हुन सक्ने कुनै आधार र प्रमाण नरहेको जिकिर गर्दै साधारण तारेखमा राख्न आदेशको माग गरेका थिए। बहस बिहीबार पनि निरन्तर हुनेछ।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
