Kathmandu Press

एमालेले बोलाए आफू जाने र अरूलाई पनि लाने वामदेवकाे भनाइ

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले पार्टीमा समावेश हुन बोलाए अहिलेको अवस्थामा नै एमालेसंँग एकीकृत हुन जाने बताएका हुन्। उनले यसअघि आफुलाई नै रोक्न ७० वर्षे उमेरहद ल्याएको तर्क गरे।
एमालेले बोलाए आफू जाने र अरूलाई पनि लाने वामदेवकाे भनाइ

काठमाडाैं, जेठ २४ : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेले बोलाए आफु र केहि नेताहरु एमालेमा एकीकृत हुन जाने बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले पार्टीमा समावेश हुन बोलाए अहिलेको अवस्थामा नै एमालेसंँग एकीकृत हुन जाने बताएका हुन्। उनले यसअघि आफुलाई नै रोक्न ७० वर्षे उमेरहद ल्याएको तर्क गरे।

७० वर्षे उमेर हद नहटाए एमालेमा अनुभव व्यक्तिहरु बाहिरिनुपर्ने अवस्था आउने उनले बताए। गौतमले आफू छाडेको कहिल्यै पनि नभनेको र पार्टी सदस्यता अहिले पनि एमालेमै रहेको उल्लेख गरे। उनले नेकपा एमाले आफुसंग नभएकाले पार्टी भएकाले नै पार्टीले नै औपचारिक रुपमा बोलाउनुपर्ने धारणा राखे। आफू एमालेमा अध्यक्ष, महासचिव र कसैको भाग खोस्न नजाने र अनुभव बाँड्न जाने उनको भनाइ छ। 

गौतमले आफूबाट एमालेले कुनै नोक्सान नबेहोर्ने र आफूले काम गर्ने क्षेत्र भने तोक्नुपर्ने बताए।

प्रकाशित मिति: १८:०० बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्