Kathmandu Press

कांग्रेसले माग्यो कोसी प्रदेशका मुख्यमन्त्री कार्कीको राजीनामा 

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्य मन्त्री कार्की अल्पमतमा परेका छन्।
कांग्रेसले माग्यो कोसी प्रदेशका मुख्यमन्त्री कार्कीको राजीनामा 

विराटनगर, जेठ २४ : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले बुधवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा मागेको छ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्य मन्त्री कार्की अल्पमतमा परेका छन्। कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले एक विज्ञप्ति जारी गर्दै कार्कीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको अधिवेशन स्थगन गर्नुले यो सरकार गैरजिम्मेवार र  प्रदेशमा झन् समस्या थप्नतिर उद्यत भएको प्रष्ट हुन्छ।’

यस्तै लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रुपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यता अनुरुप आगामी सरकार निर्माण गर्नका लागि मार्गप्रशस्त गर्न समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ। 
 

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्