सानु भण्डारीका वकिलको बहस- झुटाे अभियोग लगाएर फसाइयाे
भण्डारीले भुटानी शरणार्थी प्रकरणमा चार जनासँग मात्रै पैसा लिएको तर त्यो रकम उतिबेलै बैंकिङ च्यानलमार्फत फिर्ता गरिसकेको पनि अधिवक्ता शर्माले बताए।
काठमाडौं, जेठ २४ : नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार भएको बहसमा प्रतिवादी सानु भण्डारीका तर्फबाट बहस गर्दै अधिवक्ता विनोद शर्माले जबर्जस्ती अभियोग लगाएर फसाएको दाबी गरेका छन्।
उनले पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई दिएको भनिएको ४० लाख रुपैयाँको प्रहरी दाबी झुटा रहेको जिकिर पनि गरे। अधिवक्ता शर्माले रायमाझी ४० लाख घुस खाने मान्छे नरहेको दाबीसमेत गरे। भण्डारीले भुटानी शरणार्थी प्रकरणमा चार जनासँग मात्रै पैसा लिएको तर त्यो रकम उतिबेलै बैंकिङ च्यानलमार्फत फिर्ता गरिसकेको पनि अधिवक्ता शर्माले बताए।
बहसमा शर्माले भने, ‘सानुले टोपबहादुरलाई ४० लाख दिएको भनिएको छ, घुस नै खानु परेको भए टोपबहादुरले ४० लाखमा चित्त बुझाउनु हुन्थ्यो त श्रीमान्? २० करोड दिँदा सानु भण्डारीले प्रेमकुमार राईलाई गाडीमा पैसा हालिदियो भनेको छ। प्रेमकुमार राईले त्यो पैसा कहाँ लानु भयो त सीसीटीभीबाट त पत्ता लाग्ला नि! अभियोगमा कहाँ पुष्टि हुन्छ सानुको संलग्नता अभियोग लगाउने पक्षले ल्याओस्।’










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
