Kathmandu Press

कृषिलाई पहिलाे प्राथमिकता दिएर खाद्यवस्तु आयातमा रोक लगाउनुपर्छ : वामदेव गाैतम

सरकारले कृषिलाई प्राथमकिता नदिएको, कृषि उपजको राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चित गर्न नसकेको बताए।
कृषिलाई पहिलाे प्राथमिकता दिएर खाद्यवस्तु आयातमा रोक लगाउनुपर्छ : वामदेव गाैतम

काठमाडौं, जेठ २४ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने बताएका छन्।

बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै गौतमले खाद्यवस्तुमा आत्मनिर्भर हुनुपर्ने र विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन्। आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि राष्ट्रियसभामा भइरहेको छ।

छलफलमा सहभागी हुँदै उनले भने, ‘आगामी आर्थिक वर्षभित्र खाद्यवस्तुमा आन्तनिर्भरता, कृषिभूमिको चक्लाबन्दी, कृषि उत्पादनको व्यवसायीकरण र औद्योगीकरण, राष्ट्रिय बजारको संरक्षण तथा आत्मनिर्भरता, सुनिश्चितभन्दा पहिले खाद्यवस्तुको निर्यातमा रोक लगाउनुका साथै विदेशबाट सम्पूर्ण खाद्यवस्तुको आयातमा प्रतिबन्ध लगाउनुपर्छ।’

नेपालमा २६ लाख हेक्टर कृषियोग्य भूमि रहेको जानकारी दिँदै उनले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरे प्रतिवर्ष १० लाख व्यक्तिलाई रोजगारी दिन सकिने दाबी गरे। ‘कृषिलाई लगातार पाँच वर्ष पहिलो प्राथमिकतामा राखे ३० लाखभन्दा बढीले रोजगारी पाउनेछन्,’ उनले भने, ‘अर्को पाँच वर्षसम्म पहिलो प्राथमिकतामा राख्ने हो भने विदेशमा रोजगारी गर्ने सबै नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिन्छ।’

सरकारले कृषिलाई प्राथमकिता नदिएको, कृषि उपजको राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चित गर्न नसकेको बताए।

प्रकाशित मिति: १५:२७ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्