माधव नेपालले बजेटबारे सरकारसँग जवाफ माग्ने
अस्ट्रेलिया भ्रमणमा रहेका नेपालले बुधबार स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त भनाई राखेका हुन्।
काठमाडौं, जेठ २४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भएको सुनेको बताउँदै सरकारसँग जवाफ माग्ने भएका छन्।
अस्ट्रेलिया भ्रमणमा रहेका नेपालले बुधबार स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त भनाई राखेका हुन्।
नेपालले भने, ‘बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ। नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसाबले गरिएछ। यो सुन्नमा आयो। त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो। नत्र कुनै आधारमा टेक्नै पर्ने थियो। सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ।’
यस्तै नेपालले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको भनाई पनि राखे। नेपालले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्ने विषयमा समेत पार्टीका नेता र सत्तारुढ दलका नेताहरुसँग बुझ्ने पनि बताए।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
