नागरिकता विधेयक प्रमाणीकरणपछि प्रवासी नेपाली खुसी : अध्यक्ष नेपाल
उनले अस्ट्रेलियामा नेपालबाट नेपाली विमान सिधै जान पहल भइरहेको जानकारी पाएको उल्लेख गरे। प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा आफू बाहिर रहँदा पनि प्रधानमन्त्री र नेताहरुसँग कुराकानी गरेको अब यस विषयमा थप छलफल गर्ने उनले बताए।
काठमाडाैं, जेठ २४ : नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरणपछि प्रवासी नेपाली खुसी भएको बताएका छन्।
प्रवासी नेपाली एकता मञ्चको पहलमा अस्ट्रेलिया र न्यजिल्याण्डको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका अध्यक्ष नेपालले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरणपछि प्रवासी नेपालहरुको समस्या समाधान भएको प्रति उनीहरु उत्साहित भएको बताएका हुन्।
उनले अस्ट्रेलियामा नेपालबाट नेपाली विमान सिधै जान पहल भइरहेको जानकारी पाएको उल्लेख गरे। प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा आफू बाहिर रहँदा पनि प्रधानमन्त्री र नेताहरुसँग कुराकानी गरेको अब यस विषयमा थप छलफल गर्ने उनले बताए।
त्यस्तै उनले बजेटका विषयमा आएका चर्चाका विषयमा आफु जानकार रहेको भन्दै यस विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गर्ने जानकारी दिए।
सगरमाथाको आरोहणको ७०औं वर्ष दिवसको कार्यक्रम सहभागी भएर अध्यक्ष नेपाल स्वदेश फर्केका हुन्।

![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)