काेसीमा पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन
कोशी प्रदेश सरकारले खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्वो नेतृत्वमा वार्ता समिति गठन गरेको हो।
विराटनगर, जेठ २४ : कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएको पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय सिमित गठन गरिएको छ।
कोशी प्रदेश सरकारले खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्वो नेतृत्वमा वार्ता समिति गठन गरेको हो। बुधबार बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको समितिका सदस्यहरुमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला छन्।
माओवादी केन्द्रले मंंगलबार सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन्। आफू अलपमतम परेलगतै मुख्यमन्त्री कार्कीले पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेका हुन्। कोशी प्रदेश नामकरण उनकै पालामा भएको हो।
गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेपछि त्यसको विरोधमा पहिचान पक्षधरहरु आन्दोलनरत छन्। आन्दोलनकै क्रममा चैत १० गते पदम लिम्बुको मृत्यु भएको थियो।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
