Kathmandu Press

सहकारीमा रकम डुबेका हजारौं बचतकर्ताको हितमा सरकारले काम गर्न सकेन : अर्जुननरसिंह केसी

बुधबारको प्रतिनिधिसभा बोल्दै उनले सरकारले पीडितलाई न्याय दिन तदारुकता देखाउनपर्नेमा जोड दिए।
सहकारीमा रकम डुबेका हजारौं बचतकर्ताको हितमा सरकारले काम गर्न सकेन : अर्जुननरसिंह केसी

काठमाडौं, जेठ २४ : कांग्रेस सांसद अर्जुननरसिंह केसीले सहकारीमा हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम डुबे पनि सरकारले बचतकर्ताको हितमा काम गर्न नसकेको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बोल्दै उनले सरकारले पीडितलाई न्याय दिन तदारुकता देखाउनपर्नेमा जोड दिए।

‘हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम सहकारीमा डुबेको छ। त्यसले जनस्तरमै गम्भीर आक्रोश र विद्रोह निम्त्याएको अवस्था छ,’ सांसद केसीले भने, ‘यसको समाधानका लागि सरकारले एक महिना अगाडि नै एउटा समिति गठन गरेको थियो। अहिलेसम्म त्यसलाई पूर्णता दिन सकेको छैन। यसको उद्देश्य के हो?’

एकातिर तरकारी, दुध, उखुका किसानका समस्या यथावत् रहेको अवस्था रहे पनि समाधानका निम्ति सरकार मूकदर्शक भएर बसेको आरोप उनले लगाए। 

प्रकाशित मिति: १२:३७ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्