Kathmandu Press

निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन महामन्त्री थापाकाे माग

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका उनले आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका हुन्।
निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन महामन्त्री थापाकाे माग

काठमाडौं, जेठ २४ : कांग्रेस सांसद गगन थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका उनले आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका हुन्।

सरकारले हुलमुलमा कार्यालयहरु कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्नेतर्फ यथेष्ट ध्यान नपुर्‍याएको आफूलाई लागेको बताउँदै उनले समयमै सच्याए त्यसको् दुष्प्रभाव बेहोर्नुनपर्ने बताए।

सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्ताव गरेको छ। निर्वाचन आयोगले पनि यसप्रति असहमति जनाएको छ।

प्रकाशित मिति: १२:१४ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्