बालेनको ब्रेसेल्स भ्रमण स्वीकृत
बुधबार बिहान बसेको बैठकले बालेनको ब्रसेल्स भ्रमण स्वीकृत गरेको हो।
काठमाडौं, जेठ २४ : मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत गरेको छ। बुधबार बिहान बसेको बैठकले बालेनको भ्रमण स्वीकृत गरेको हो।
मेयर बालेनले जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरुको विश्व शिखर सम्मेलनमा सहभागी हुने लिने छन्। उनी ब्रसेल्समा हुने मेट्रोपोलिस वर्ल्ड कंग्रेस र ब्रसेल्स अर्बन समिट-२०२३ मा सहभागी हुन बेल्जियम जाने कार्यक्रम रहेको छ।
यस्तै, मन्त्रिपरिषद् बैठकले काभ्रेको पाँचखाल नगरपालिकास्थित औद्योगिक ग्रामलाई ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’का रूपमा रूपान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बुधबारकै बैठकले कालीमाटी फलफूल तथा तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई तोक्ने निर्णयसमेत गरेको छ। वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा माथिल्लो मैलुङ जलविद्युत आयोजनालाई आयोजनाको टावर राइट अफ वेका लागि रसुवा र नुवाकोट जिल्लामा रहेको वन क्षेत्र प्रयोग गर्न दिन पनि मन्त्रिपरिषदले स्वीकृति दिएको छ।
बैठकले अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। यो घोषणा ६–६ महिनामा घोषणा गर्नुपर्ने नियम भएकाले सरकारले अहिले पुनः निर्णय गरेको हो।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
