Kathmandu Press

सर्वोच्च बारले भन्यो– नागरिकता विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छ

नेपालको संविधान प्रतिकूल राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेको बैठकले ठहर गरेको सर्वोच्च बारले विज्ञप्ति जारी गर्दै भनेको छ।
सर्वोच्च बारले भन्यो– नागरिकता विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छ

काठमाडौं, जेठ २३ : सर्वोच्च अदालत बार एसोसिएसनले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ।

नेपालको संविधान प्रतिकूल राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेको बैठकले ठहर गरेको सर्वोच्च बारले विज्ञप्ति जारी गर्दै भनेको छ।

‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल सम्माननीय राष्ट्रपतिबाट उक्त नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको यस बार एसोसिएसनको ठम्याइ छ,’ बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतमा यही विषयवस्तु हाल विचाराधीन रहेको हुँदा कानुनबमोजिम व्याख्या हुने नै छ।’

बारले निवर्तमान राष्ट्रपतिबाट आठ महिना पहिले प्रतिनिधिसभाले पेश गरेको प्रमाणीकरण नभएको उक्त विधेयक वर्तमान राष्ट्रपतिबाट यही जेठ १७ गते प्रमाणीकरण भएकोप्रति बारले ध्यानाकर्षण जनाएको छ।

प्रकाशित मिति: २०:१२ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्